अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिटरब्याजसम्बन्धी विधेयकमा ‘कांक्रो चोरेर बियाँ अरुको गालामा टाँस्ने’ काम भयो: नेकपा एमाले

मिटरब्याजसम्बन्धी विधेयकमा ‘कांक्रो चोरेर बियाँ अरुको गालामा टाँस्ने’ काम भयो: नेकपा एमाले


काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मिटरब्याजसम्बन्धी नयाँ विधेयक अविलम्ब चाँडो संसद्मा ल्याउन सरकारसँग माग गरेको छ।

पार्टीको शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले एक समसामयिक प्रस्ताव पारित गर्दै ‘आफूले काँक्रो चोरेर बियाँ अरूको गालामा टाँसिदिने’ छलकपट सरकारले गरेको आरोप लगाएको छ। 

‘आफूले काँक्रो चोरेर बियाँ अरूको गालामा टाँसिदिने’ सरकारको यस छलकपट र द्वैध भूमिकाको पार्टी भ्रर्त्सना गर्दछ,’ पारित भएको प्रस्तावमा भनिएको छ, ‘सरकारकै कारण प्रतिस्थापन विधेयक निष्क्रिय भइसकेको परिप्रेक्ष्यमा अविलम्ब नयाँ विधेयक ल्याउन पार्टी सरकारको ध्यानाकर्षण गराउँछ।’

मालेले सत्ता गठबन्धनका तर्फबाट यस विधेयकका बारेमा भइरहेका अभिव्यक्ति र सम्प्रेषित समाचारहरूप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ। 

अध्यादेशलाई प्रतिस्थापन गर्न सरकार आफैले निकै ढिलो गरी प्रतिस्थापन विधेयक राष्ट्रियसभामा प्रस्तुत गरेको एमालेले जनाएको छ। 

‘सरकार आफैंले विधेयक प्रस्तुत गर्न ढिलाइ गर्ने, सदन सञ्चालन गर्न आवश्यक पहल नगर्ने, विधेयकबारे सत्ता घटकभित्रै गंभीर विवाद रहेको र यिनै कारण विधेयकमाथि प्र तिनिधिसभामा छलफल हुन नसकेको यथार्थलाई ढाकछोप गर्दै नेकपा (एमाले)लाई दोषारोपण गर्ने सरकारको नियत आपत्तिजनक छ,’ एमालेले भनेको छ।