अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भ्रष्टचारी एमालेको जिम्मेवारीमा रहन सक्दैनन् :राजेन्द्र गौतम

भ्रष्टचारी एमालेको जिम्मेवारीमा रहन सक्दैनन् :राजेन्द्र गौतम


धनगढी -नेकपा एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले कुनैपनि भ्रष्टचारी नेकपा एमालेको कुनैपनि जिम्मेवारीमा रहन नसक्ने नेकपा एमाले स्थायी बताउनुभएको छ ।

शनिबार कैलालीको धनगढीमा आयोजित सुदूरप्रश्चिम प्रदेश स्तरीय प्रचार योजना निर्माणको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता गौतमले एमाले भ्रष्टचार निर्मुल पार्न हिँडेको पार्टी रहेको बताउनुभयो ।

जलहरी काण्डमा एमालेलाई फसाउन नेपालका राजनितीक दलहरू उद्यत रहेको गौतमको भनाइ छ । जलहरीमा कुनै खोट नभेटेपछि उनिहरूको अनुहार चाउरिएको बताउनुभयो।

‘भ्रष्टचारमा मुछिएका कोही एमाले हुँदैन’, उसले कानुनी सफाया नपाएसम्म एमालेमा सक्रिय हुन सक्दैन ’ गौतमले भन्नुभयो ।

भ्रष्टचारमा शुन्य सहनशिलता एमाले कै एजेण्डा रहेको बताउँदै नेता गौतमले भुटानी शरणार्थी प्रकरणमा एमालेले उच्च तहको सहयोग गरेको बताउुभयो ।

नेता गौतमले अहिले देशमा समाजवादी मोर्चाको नाममा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले सत्ता जोगाउने अस्त्र बनाएको बताउनुभयो ।

एमाले सुदूरपश्चिम प्रदेश प्रचार विभाग प्रमुख बलदेव रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा एमाले प्रदेश अध्यक्ष तथा सांसद दामोदर भण्डारी, एमाले पोलिटव्यूरो सदस्य राजेन्द्र सिंह रावल, केन्द्रीय सदस्य भैरव बहादुर सिंह, सन्तोष शर्मा, कमला बोहोरा, एमाले सल्लाहाकार कमिटी सदस्य डिल्लीराज भट्ट, केन्द्रीय प्रचार विभाग सचिव गगन विष्ट, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठक लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा प्रदेशका ९ जिल्लाका प्रचार विभाग प्रमुखहरूले जिल्लागत प्रचारका योजना र भएका कामका बारेमा संबोधन गरेका थिए ।