अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको संसदीय विभागमा को को मनोनय भए ?

एमालेको संसदीय विभागमा को को मनोनय भए ?


काठमाडौं -नेकपा एमालेको सचिवालय बैठकले संसदीय विभागमा १५ जना सदस्य थप गरेको छ ।
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले दिएको जानकारी अनुसार हिजोको केन्द्रीय सचिवालय बैठकले ति सदस्यहरु थप गरेको हो । नेम्वाङका अनुसार एमाले संसदीय दलका प्रमुख सचेतक पदम गीरी,सचेतक महेश बर्तौला,राष्ट्रिय सभाका प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठलाई विभागमा मनोनयन गरेको हो । यसैगरी बिमला पौड्याल राई,ज्वाला साह,विद्या भट्टराई,भगवती चौधरी,सुनिता बराल,तारा लामा,लिला श्रेष्ठ लगायतलाई विभागमा मनोनयन गरिएको छ ।
एमालेमा संसदस्य विभागको प्रमुख पृथ्वी सुब्बा गुरुङ हुनुहुन्छ ।