अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको प्रचार विभागमा को को थपिए ?

एमालेको प्रचार विभागमा को को थपिए ?



काठमाडौं- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले पार्टीको प्रचार तथा प्रकाशन विभागमा सदस्यहरुको मनोनयन गरेको छ ।
एमाले स्रोतका अनुसार सुनसरीबाट लिलाराज भट्टराई,पर्साबाट लालबाबु शेख, कैलालीबाट हेमन्त पौडेल मनोनयन भएका छन् । यसैगरी सुर्खेतबाट सूर्यमणी गौतम,लम्जुङबाट गणेश पाण्डे,रुपन्देहीबाट दिपक ज्ञवाली र शेरबहादुर केसीलाई प्रचार विभागमा मनोनयन गरिएको छ । यसैगरी कास्कीबाट रामकृष्ण ज्ञवाली र भोजपुरबाट राजेश राईलाई पनि विभागमा मनोनयन गरिएको छ ।

यस अघि विभागमा १० जना सदस्य थिए । विभागको प्रमुख राजेन्द्र गौतम हुनुहुन्छ ।