काठमाडौँ-ललिता निवास प्रकरणका आरोपितलाई जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ।
न्यायाधीश दयाराम ढकालको इजलासले सो प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई सरकारी कागजात किर्तेको उजुरीमाथि अनुसन्धान नसकिएकाले थुनामा राख्न अनुमति दिएको हो।
यसअघि पनि अदालतले पहिलो पटक ७, दोस्रो पटक पनि ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
प्रतिक्रिया