अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुठीसँग सम्बन्धित जग्गाहरुको समस्या समाधान गर्न गोकुल बाँस्कोटाको माग

गुठीसँग सम्बन्धित जग्गाहरुको समस्या समाधान गर्न गोकुल बाँस्कोटाको माग


काठमाडौँ-नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले गुठीसँग सम्बन्धित जग्गाहरुमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले देशभर गुठीसँग सम्बन्धी जग्गाहरुमा समस्या रहेकाले तत्काल समाधान गर्न माग गर्नु भएको हो। 

वर्षौंदेखि जमिन जोतिरहेकाहरुको आफ्नो नाममा जग्गा आउन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो, ‘देशैभरी गुठीसँग सम्बन्धित् समस्या छ। जसले जमिन जोतिरहेको छ, वर्षौदेखि, पुस्तौँ पुस्तादेखि तिनका नाममा बाबु, बराजु सबै बितिसके । आज पनि उनको जमिन दर्ता हुन सकेको छैन ।’