अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इँटाभट्टामा जिउँदै जलाउनेलाई जोगाउन ल्याएको हो यो विधेयक ? : सुमना श्रेष्ठ

इँटाभट्टामा जिउँदै जलाउनेलाई जोगाउन ल्याएको हो यो विधेयक ? : सुमना श्रेष्ठ


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गर्न लागेको ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि विरोध जनाउनु भएको छ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सो विधेयकमा भएको प्रावधान नेपालको संविधान र नेपालले गरेको अन्तर्राष्ट्रिय सम्झौता विपरित रहेको उल्लेख गर्नु भयो।

उहाँले गम्भीर मानव अधिकार उल्लंघनका मुद्दा सरकारले फिर्ता लिँदै जाने र अदालतले पनि औचित्यतर्फ नहेर्ने हो भने जनताको जिउधनको सुरक्षा गर्ने सरकारले दायित्व पूरा नगर्ने हो भने कानुनीराजको औचित्य नै समाप्त हुने बताउनु भयो। 

उहाँले भन्नुभयो, ‘हामीले कस्तो नेपाल परिकल्पना गरिरहेका छौँ । हामीले धेरै अन्तराष्ट्रिय कानुनहरुमा सहि गरेका छौँ, यो त्यसको विपरित पनि छ। अदालतको काम कर्तव्य र अधिकारमा पनि प्रत्यक्ष रुपमा राजनीतिककर्मीको प्रत्यक्ष हस्तक्षेप भयो । राजनीतिक रुपमा कसलाई बचाउनका लागि ल्याएको हो यो ? इटा भट्टामा जिउँदै जलाउनेलाई बचाउन ल्याएको हो ? कि भाला रोपेर हत्या गर्नेलाई बचाउन ल्याएको हो ?’