अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल विश्वविद्यालय अगाडी बढ्नेमा शंका छः रघुजी पन्त

नेपाल विश्वविद्यालय अगाडी बढ्नेमा शंका छः रघुजी पन्त


काठमाडौं-नेकपा(एमाले)का सांसद रघुजी पन्तले नेपाल विश्वविद्यालय राम्ररी अगाडि बढ्नेमा आशंका व्यक्त गर्नु भएको छ।

आइतवारको प्रतिनिधि सभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै सांसद पन्तले नेपाल विश्वविद्यालयको भविष्यमाथि आशंका गर्नु भएको हो ।

उहाँले त्रिभुवन विश्वविद्यालय नै राम्ररी चल्न नसकेको भन्दै नेपाल विश्वविद्यालय कति अगाडि बढ्ला भन्ने कुरामा शंका गर्ने ठाउँ रहेको उल्लेख गर्नुभयो। उहाँले लिबरल आर्ट पढाउनु जरुरी रहेको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘डाक्टर, इन्जिनियर र वैज्ञानिकलाई पनि आर्ट पढाउनुपर्छ। आर्टको केही पक्ष पढाउनुपर्छ। किनभनेर डाक्टर, इन्जिनियर मेनपावर भनेको पनि रोबर्ट जस्तो होइन। मानवीय हुनुपर्छ। मानवीय बनाउने विषय लिबरल आर्ट हो। त्यसैले लिबरल आर्टसँग सम्बन्धित राम्रा कलेजहरु चाहिन्छ। तर टियु नै यस विषयमा राम्ररी चल्न नसकेको, टियुसँग सम्बन्धन प्राप्त कलेजहरु नै राम्ररी अगाडि बढ्न नसकेको अवस्थामा यो विश्वविद्यालय कति अगाडि बढ्ला अलिकति शंका गर्ने ठाउँ छ।’

उहाँले लिबरल आर्ट सम्बन्धी कलेजहरुको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।