अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा सांसद सुमना श्रेष्ठको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

रास्वपा सांसद सुमना श्रेष्ठको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले संसद्मा दिएको अभिव्यत्तिप्रति नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आपत्ति जनाउनु भएको छ।

सांसद श्रेष्ठले संसदीय मान्यताविपरितको भाषा संसद्मा प्रयोग भएको भन्दै त्यसलाई रेकर्डबाट हटाउन उहाँले माग गर्नु भएको हो।

प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा सांसद बजगाईंले आपत्ति जनाउनु भएको हो ।

‘सुमना श्रेष्ठज्यूले बहुमतको आधारमा पास गर्ने भए, गुण्डाशैलीमा पास गर्ने भए भन्ने अभिव्यक्ति दिनुभएका कारणले संसदीय मान्यताविपरितको भाषा भएको कारणले अविलम्ब डिलिट हुनुपर्छ भन्ने मेरो माग छ,’ सांसद बजगाईंले भन्न्भयो ।