अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय दलको नेता बदल्ने कुरा पार्टी सभापतिबाटै सिकेँ: महामन्त्री थापा

संसदीय दलको नेता बदल्ने कुरा पार्टी सभापतिबाटै सिकेँ: महामन्त्री थापा


काठमाडौँ-नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्नु पर्नेमा जोड दिनु भएको छ।

आइतवार संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनु हो। उहाँले पार्टी सभापति शेरबहादुर देउवाबाटै आफूले संसदीय दलको नेता बदल्नुपर्छ भन्ने सिकेको बताउनु भयो। उहाँले आफू संसदीय दलको नेतामा हारेपछि पुनः संसदीय दलको नेता बन्नका लागि प्रयास जारी राखेको र यो सामान्य प्रक्रिया भएको स्पष्ट पार्नुभयो।

उहाँले संसदीय दलको नेता बन्न पार्टीको संसदीय दलको विधानले एकपटक प्रतिस्पर्धा गरिसकेपछि फेरि गर्न नपाउने भन्ने उल्लेख नगरेको भन्दै संसदीय दलको नेतामा लडिसकेपछि अहिले पनि त्यही योग्यता आफूसँग रहेको बताउनु भयो।

महामन्त्री थापाले मौका हेरिराख्ने र मौकामा संसदीय दलको नेता बन्ने प्रयास नगर्नु अस्वभाविक हुने स्पष्ट पार्नु भयो।

उहाँले भन्नुभयो, ‘मैले संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेको हुँ। हाम्रो पार्टीको संसदीय दलको विधानले एकपटक प्रतिस्पर्धा गरिसकेपछि फेरि गर्न पाउँदैनस् भनेर भेनेको छैन। आफूलाई योग्य ठानेरै प्रतिस्पर्धा गरेको हुँ। यो बीचमा मेरो योग्यता घटेको जस्तो मलाई लाग्दैन। मैले साथीहरूसँग सरसल्लाह गर्ने, मौका कुरिराख्ने, कतिवेला मौका आउला भनेर हेरिराख्ने गरिनँ भने अस्वाभाविक हो। त्यो मैले गर्नैपर्छ। संसदीय दलको नेता बदल्ने प्रयास गरिराख्नुपर्छ भन्ने पार्टी सभापतिबाटै सिकेको हुँ। गिरिजाप्रसाद कोइरालासँग लड्दै गर्दा जसरी शेरबहादुर देउवा थाक्नुभएन, त्यसरी नै लागेको हुँ। सामान्य कुरा हो।’