काठमाडौँ-भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका केशव तुलाधरलाई प्रहरीले पुनः पक्राउ गरेको छ।
बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पनि संलग्न रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो।
नक्कली शरणार्थी प्रकरणका ३० जना अभियुक्तमध्ये उनी पनि एक थिए। उनलाई पक्राउ गरिएपछि जिल्ला अदलत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले १५ लाख धरौटी मागेको थियो। उक्त धरौटी रकम बुझाएर छुटेका तुलाधर बालुवाटारको ललिता निवास प्रकरणमा फेरि हिरासत पुगेका हुन्।
उनीमाथि सीआईबीले ललिता निवासको २ रोपनी सरकारी जग्गा आफ्नो नाममा पारेको अभियोग लगाएको छ।
यसअघि नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १९ मध्ये १७ जना पुर्पक्षका लागि थुनामा छन्। ललितपुरकी लक्ष्मी महर्जनसहित २ जना धरौटीमा छुटेका थिए।
प्रतिक्रिया