काठमाडौँ-आजदेखि हवाई भाडामा भ्याट समायोजन हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि सम्पूर्ण हवाई सेवामा भ्याट लाग्ने जनाएको हो ।
सरकारले आर्थिक विधेयक (बजेट) मार्फत पहिलो पटक हवाई भाडामा भ्याट लगाउने निर्णय गरेको थियो ।
हवाई सेवालाई भ्याटमा लैजाने सरकारको निर्णयविरुद्ध विभिन्न टीकाटिप्पणी भएपनि अन्ततः हवाई सेवा सञ्चालकहरू मूल्य अभिवृद्धि कर (भ्याट)मा जान बाध्य भएका हुन् ।
नयाँ आर्थिक वर्ष सुरु भएसँगै आजदेखि नै भ्याट कार्यान्वयनमा जाने र सो भ्याट भाडामा समायोजन गरिने संघले जनाएको छ ।





प्रतिक्रिया