अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परिपक्वता देखाउने यसरी नै हो : उपमहासचिव रिमाल 

परिपक्वता देखाउने यसरी नै हो : उपमहासचिव रिमाल 


काठमाडौँ-नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले ‘मिटरव्याजी’ विरुद्धको विधेयक सर्वसम्मति रूपमा पारित गरेकोमा सांसदहरूलाई धन्यवाद दिनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्नुहुँदै उहाँले राजनीतिक रूपमा ‘न्युट्रल’ विषयमा यस्तै गर्नुपर्ने बताउनुभएको हो । 

‘हिजो प्रतिनिधिसभा एक ठाउँमा उभियो । ‘मिटरव्याजी’ विरुद्धको विधेयक सर्वसम्मतिले पारित गर्‍यो । राजनीतिक रूपमा ‘न्युट्रल’ विषयमा गर्ने यस्तै हो । सबै माननीयज्यूहरुलाई धन्यवाद’, उहाँले लेख्नुभएको छ, ‘सत्तापक्षले राष्ट्रियसभामा जस्तै हिजो पनि ‘इगो–शो’ गरेको भए अनर्थ हुन्थ्यो । अपराधविरुद्ध पनि संसद् एक ठाउँमा छैन भन्ने सन्देश त जान्थ्यो नै, ‘जित्ने’ धुनमा गलत प्रावधान राखेको भए व्यवहारमा ‘अनर्थ’ परिणाम आउनेवाला थियो ।’

उपमहासचिव रिमालले परिपक्वता देखाउने यसरी नै हो भन्दै सबैलाई बधाई दिनुभएको छ ।