जुम्ला-जुम्लामा सहजरुपमा नुन नपाएको भन्दै डिपोमा उपभोक्ताले तोडफोड गरिएको छ। नुनका लागि लाइनमा लागेका व्यक्तिहरुले डिपोमा ढुंगामुढा गरेका हुन् ।
नेपाल साल्टट्रेनिङ कार्यालय जुम्लामा प्रमुख खगेन्द्रबहादुर मल्लले नुन वितरण भइरहेको समयमा ढुंगामुढा भईरहेको बताउनु भयो।
आफू सिंजामा नुन वितरण गर्न गएको र असार ३१ गते सदरमुकामको डिपोमा अन्य कर्मचारीले नुन बाँडिरहेका समयमा तोडफोड भएको उहाँले बताउनु भयो। तोडफोडमा यत्रिएकाहरुले भने सरकारले नागरिकलाई नुनसमेत राम्रोसँग दिन नसकिरहेको आरोप लगाएका छन्।
नुन कम भएकोले यसअघि तीन प्याकेटका दरले वितरण गर्ने गरिएको थियो। तर, यसपटक ५ प्याकेटका दरले बाँड्न सुरु गरिएको थियो ।
यता, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पनि नुन बाँडिरहेको समयमा अपुग भएपछि केही उच्शृङ्खल व्यक्तिहरुले ढुङ्गामुडा गरेका बताउनु भयो । उहाँले अब नुन वितरण वडाबाटै गर्ने गरी चाँडै काम अगाडि बढाइने बताउनु भयो।
नेपाल साल्टट्रेनिङ कर्पोरेश जुम्लाका प्रमुख मल्लले अहिले नुनको खासै अभाव नभएको बताउनु भयो।
गत वर्ष जुम्लाका लागि दुई हजार पाँच सय क्विन्टल नुन स्वीकृत भए पनि भर्खरै मात्र दुई हजार ८० क्विन्टल नुन थप भएकाले अभाव नभएको उहाँको भनाइ छ।





प्रतिक्रिया