काठमाडौँ-ललिता निवास जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात कीर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको छ।
सोमबारको सुनुवाइ नसकिएपछि मंगलबार उक्त रिटहरुलाई हेर्दाहेर्दैमा राखिएको हो।
सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले आफूहरुलाई गैरकानुनी थुनामा राखिएको बन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।
सोमबारका लागि न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएकामा सुनुवाइ नसकिएपछि मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको हो। अब मंगलबार बिहानैबाट ती रिटमाथि सुनुवाइ हुनेछन्।
प्रतिक्रिया