अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् कांग्रेस केन्द्रीय समिति बैठकका १० एजेन्डा (सूचीसहित)

यी हुन् कांग्रेस केन्द्रीय समिति बैठकका १० एजेन्डा (सूचीसहित)


काठमाडौं-भोलिदेखि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। बैठकमा विभिन्न १० एजेन्डामाथि छलफल हुने भएको छ।

केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेन्डाबारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले सोमबार पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाउनु भएको थियो । उक्त बैठकले केन्द्रीय कार्यसमितिमा प्रस्तुत हुने १० एजेन्डा तय गरेको छ ।

यी हुन् १० एजेन्डाः

१.    समसामयिक विषय (आर्थिक, परराष्ट्र, )

२.    सांगठनिक कार्ययोजना र कार्य तालिका

३.    केन्द्रीय समिति बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव

४.    निर्वाचन परिचालन समितिको प्रतिवेदन

५.    नीति अधिवेशन सम्बन्धमा

६.    विभागहरू गठन, थप र कामको व्यख्या

७.    राष्ट्रव्यापी अभियानको घोषणा

८.    अनुशासन समितिको प्रतिवेदन पेस

९.    संसदमा सम्पादन भएका कामहरूको प्रतिवेदन

१०.   सरकारको गतिविधिबारे जानकारी