अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्द्रीय समितिमा नक्कली शरणार्थी प्रकरणसहितका विषयमा छलफल गर्न सभापति देउवा तयार

केन्द्रीय समितिमा नक्कली शरणार्थी प्रकरणसहितका विषयमा छलफल गर्न सभापति देउवा तयार


काठमाडौँ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नक्कली शरणार्थी प्रकरणलगायत सम्पूर्ण विषयमा केन्द्रित रहेर केन्द्रिय कार्यसमितिको छलफल गर्न तयार हुनु भएको छ।

मंगलबारबाट सुरु हुने समितिको बैठकको एजेन्डा तय गर्न धुम्बाराहीस्थित देउवा निवासमा भएको कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा देउवाले सबै विषयमा छलफल गर्न आफू तयार रहेको बताएका थिए। 

यसअघि देउवा नक्कली भुटानी शरणार्थी प्रकरणको विषयलाई बैठक एजेन्डा बनाउन तयार भएका थिएनन् । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री खाणलाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाएको छ । खाण देउवा गुटका शक्तिशाली नेता हुन् ।

३-३ महिनामा हुनुपर्ने कांग्रेस केन्द्रीय समितिको बैठक करिब एक वर्षपछि बस्न लागेको हो । असार २९ गते बैठक बोलाइए पनि प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएपछि मंगलबारका लागि सारिएको थियो ।

थुनामा परेका खाँड, खाँड पत्नी मञ्जु र स्वंय सभापती देउवाकी पत्नी आरजु देउवाले समेत यो प्रकरणमा रकम लिएको अडियो सार्र्वजनिक भएको थियो । फेक दाबी गरिएको आरजु र मञ्जुको नाम लिएको अडियो सत्य भएको प्रमाणित भए पनि उनीहरुमाथि अझै अनुसन्धान सुरु गरिएको छैन । सभापति देउवा यस प्रकरणका विषयमा छलफल गर्न तयार भइरहँदा कांग्रेस केन्द्रीय समिति बैठकमा आरजुको विषयमा कुरा उठ्ला त ? सर्बत्र चासोको विषय बनिरहेको छ ।