अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ दल आएपछि विदेशीनेको संख्या झन् बढ्यो: शंकर पोखरेल

नयाँ दल आएपछि विदेशीनेको संख्या झन् बढ्यो: शंकर पोखरेल


काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश फर्काउने अभियान चलाउँछु भन्नेहरू राष्ट्रिय पार्टीको रूपमा उदय भएपछि विदेशिनेको संख्या झन् बढेको बताउनु भएको छ।

मंगलवार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उहाँले विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरू राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदय भएपछि विदेशिने नेपालीको संख्या थप बढेको बताउनु भएको हो।

उहाँले नेकपा एमाले सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्ने बताउनु भयो । 

‘नेकपा एमाले सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्दछ। तर तथ्यहिन रूपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा एमालेलाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो। विदेशमा गएकाहरूलाई देश फर्काउँछौ भन्नेहरूलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए । तर उनीहरू राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदय भएपछि नै विदेशीनेको संख्या झन्बढ्यो। के यसको जिम्मेवारी नेकपा एमालेले नै लिनुपर्ने हो र ?,’ उनले प्रश्न छ। 

महासचिव पोखरेलले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेण्डाका आधारमा ठीक र वेठिक छुट्याउने गरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुने उल्लेख गर्नु भएको छ।