अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन असोजमा

एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन असोजमा


विराटनगर-नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी असोजमा हुने भएको छ। सोमबार विराटनगरस्थित प्रदेश पार्टी कार्यालयमा बसेको बैठकले प्रथम अधिवेशन असोज १२ र १३ गते गर्ने निर्णय गरेको हो।

एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रघुविर महासेठ, उपलब्ध स्थायी कमिटी सदस्य र प्रदेश कार्यालयको कैठकले असोज १२ र १३ गते विराटनगरमा प्रथम अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको प्रदेशका सचिव चिन्तन पाठकले जानकारी दिनु भयो।

उहाँका अनुसार अधिवेशनको उद्धाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नु हुने छ।

प्रदेशको अधिवेशन सम्पन्न गर्नका लागि साउन ११ गते बस्ने कार्यालयको बैठक बसेर विभिन्न उपसमिती गठन गर्ने निर्णय भएको छ। यस्तै प्रदेशसभा सदस्यमा निर्वाचित भएकाहरुलाई प्रतिमहिनाको दुई हजार रुपैयाँका दर लेवी बुझाउन एमालेले जिल्ला कमिटीलाई पत्रचार गरेको छ।

बैठकले लामो समय पार्टीमा सक्रिय रहेका तर जिम्मेवारीमा नरहेका पाँच जनालाई प्रदेश कमिटीमा मनोनयन गरेको छ। मोरङका भुराज राई, इलामका सकुन्तला लेप्चा, इलामकै टिका घिमिरे, झापाका शुसील राई र सुनसरीका उमेश थापालाई प्रदेश कमिटीमा मनोनयन गरिएको हो ।