अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको एमाले र जनसरोकारका मुद्दाहरू

आजको एमाले र जनसरोकारका मुद्दाहरू


काठमाडौं-नेकपा (एमाले)ले देशव्यापी रूपमा सम्पन्न गरेको मिसन ग्रास रूट अभियानपछि आयोजना गरिएको पाँचौं केन्द्रीय कमिटी बैठकले निम्न तीन वटा कार्यलाई महत्त्वका साथ सञ्चालनमा ल्याएको छ। १० आम रूपमा उपलब्ध समुदाय र तिनका मुद्दामा आधारित पार्टी संगठन निर्माण/बिस्तार, २० निर्मित यी सबैखाले पार्टी संगठनमा राजनीतिक-वैचारिक प्रशिक्षणको काम र ३० पार्टी संगठनको ब्यानरमा भए गरिएका समग्र कामको फेहरिस्त सहित हाम्रा जनप्रतिनिधिको अगुवाइमा सम्पन्न कामको व्यापक स्तरमा प्रचारप्रसार गर्ने।

विशेषतः यी काम र कामको क्षेत्र पहिचान गरेसँगै पार्टी जीवनको आन्तरिक पक्षलाई सुदृढ तुल्याउन जिम्मेवारी हेरफेर र संरचनामा समेत फेरबदल ल्याएको छ। एमाले ग्रामीण तहमा बसोबास गर्नुहुने जनसरोकारको प्रतिफलस्वरुप गठित राजनीतिक बैचारिक पार्टी भएकोले पार्टी केन्द्रीय कमिटीको बैठकले जनसरोकारका विषयवस्तु र मुद्दाहरूलाई प्राथमिकता राखेर अघि बढ्ने संकल्पलाई दृढतापूर्वक लिएको छ, दोहोर्‍याएको छ।

राजनीतिक संगठन निर्माणका क्षेत्रमा

जनताको बहुदलीय जनवादको आलोकमा बनेको अलि पुरानो पार्टी संगठन र प्रशिक्षित पंक्ति अहिले अलिअलि भुत्तो भए झैँ भएको छ। यसको राजनीतिक वैचारिक पक्षबाहेक पनि समाजको बहुआयमिक क्षेत्रमा जनता बहुदलीय जनवाद र सामाजिक अन्तरसम्बन्धबारे अध्ययन, मनन र बुझाइमा एकरूपता छैन। जनताको बहुदलीय जनवाद विद्यमान नेपाली समाजको बिम्ब दिनसक्ने ऐना हो, सुस्पष्ट मार्गचित्र हो र सुन्दर मार्गदर्शन हो भन्ने विषयमा समोचित् अध्ययन र यसको व्यवस्थापन छैन। समयक्रममा जनताको बहुदलीय जनवादका विद्यार्थीले समाजको नेतृत्व पाएको अवस्थामा निकालेको परिणामबारे राजनीतिक पंक्तिमा बोल्न सक्ने अवस्था विकास भएको छैन, मौनताको छहारीमा उभिएको छ।

पहलकदमी र प्रतिस्पर्धाको स्वस्थ्यकर अभ्यासबाट समाज सञ्चालन हुने र यसक्रममा नेतृत्व विकासको प्रक्रिया सहज हुने सैद्धान्तिक व्यवस्थापन गर्ने जनताको बहुदलीय जनवाद आफैंमा समयसमयमा परिस्कृत हुँदै र माझिँदै अघि बढ्ने वैज्ञानिक अस्त्र हो। यसको आलोकमा अहिलेसम्म भए गरिएका कामको गम्भीर समिक्षा हुन जरुरी छ। यो खालको समिक्षा र समिक्षाको अन्तरवस्तुको अद्यावधिक गर्ने गर्नाले पनि यसबाट प्राप्त हुने निष्कर्षहरूलाई बोक्न र यसबाट सिक्न सकिन्छ। हाम्रा कतिपय राम्रा कामका सन्दर्भहरू हिड्दै छ पाइला मेट्दै छ हुने गरेको छ। दस्तावेजीकरण र अभिलेखन छैन। यसबाट राज्य वा राजनीतिक शक्तिमा पनि विकास हुने निरन्तरको उत्तराधिकारी शक्ति पछिल्लो घटनाक्रम र निर्णय प्रक्रियाबाट विमुख रहन बाध्य हुन्छ। आफैंमा अलमल र द्विविधाको स्थिति विकास हुने गरेको छ।

हिजो कुनै बेलामा परैबाट चिनियो ढाका टोपी लगाउनेलाई भने झैँ कसैको हाउभाउ, शैली, स्वाभाव, प्रस्तुति आदिका कारणले त्यो चाहिँ मानिस एमाले हो भनेर चिनिन्थ्यो । अहिले यो ठ्याक्कै उल्टोपाल्टो झैँ भएको छ, बद्लिएको छ। सदाचार, लगन, इमान, निष्ठा आदि पक्ष खस्कँदै गएको छ। यसमा करेक्शन ल्याउनु जरुरी छ।

चुनावताका गतिछाडा नेता-कार्यकर्तालाई कमसेकम माइन्युट लेखनमा भए पनि दण्डसजाय र राम्रो गर्नेलाई पुरस्कारको प्रबन्ध गर्न सकियो भने यसले दैनन्दिन काममा उत्साह वृद्धि-विकास गर्ने छ, जाँगर बढाउने छ र कामसहित विषयवस्तुको अध्ययन मननप्रति भोक जगाउने छ। यसकारण पनि आधारभूत तहमा रहेका अधिकांश कार्यकर्तादेखि नेतासम्मको दैनन्दिन अवस्थाबारे घनिमत जानकारी लिनुपर्छ। यसो गरियो भने क्रमिक रूपमा स्थानीय समस्याको सुक्ष्म ढंगले पहिचान हुने र समाधानका योजना बनाउन सजिलो हुने हुन्छ।

एमालेको गढ भनिएको मतदान केन्द्रमा गणनापछि प्राप्त परिणामले मतदाता र एमाले पंक्तिबीच कहिँ न कहिँ तालमेल अभाव छ भन्ने देखाउछ। यसबारे मसिनो अध्ययन खड्कँदो छ । पार्टीका पालिका कमिटीहरू माथिल्ला कमिटीमुखी भएका छन्। स्वयंमा निर्भर, बढ्ता कार्यकारी र भूमिकाले प्रभावकारी कसरी बनाउने ? यसलाई आफैंमा चलायमान कसरी बनाउने आन्तरिक सल्लाहमा अपुग छ।

समाजले चिनेको सामाजिक राजनीतिक नेतृत्वलाई आमकार्यकर्तामा र कार्यकर्तामार्फत समुदायमा कसरी उभ्याउने ? समुदायका मुद्दामा आधारित जनशैलीको विकास कसरी गर्ने रु मिसन ग्रासरुट अभियानअन्तर्गत प्रायशः देखिएका, भेटिएका र पोखिएका समस्याहरू यस्तैयस्तै थिए । समस्यालाई बेला छँदै नेतृत्वले चिन्न, बुझ्न र ग्रहण गर्न नसक्नुले प्रकारान्तमा परिणाम प्रतिकूल हुने गरेको छ । हाम्राविरुद्ध उभिएका नयाँनौला खहरेहरूले हामीलाई यसकारण पनि उछिनेका छन् । हाम्रो उपस्थिति अभावमा विरक्तिएको जनमत लठ्ठी घण्टी आदि खस्ने गरेको छ । यसर्थ, मिसन ग्रासरुटले निकालेका निष्कर्षलाई कामको आधार सूत्रको रूपमा अनुसरण गर्नुपर्छ र आज हामीले आरम्भ गर्नुपर्ने यात्राको प्रारम्भिक आधारमा योजनाको रूपमा अघि सार्नुपर्छ ।

झ्वाट्ट हेर्दा– सबै तहका हामी नेता कार्यकर्तामा शैलीगत समस्या छन् । आफूले टिकट नपाएको, आफू अनुकूलले नपाएको, राजनीतिक र राजकीयसत्तासँग जोडिएको अवसर नपाएको कारण मनभरि कुरा गुम्सिएर रहेका कारण शिथिल हुने गरेको अवस्था अद्यापि कायम छ । यसमाथि वस्तुगत र तथ्यपरक ढंगले समाधानको उपाय खोज्न जरुरी छ ।
९लेखक नेकपा एमालेका केन्द्रीय सदस्य एवं कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागका संयोजक हुनुहुन्छ ।०

सामाजिक सरोकारका मुद्दाका क्षेत्रमा–

राजनीतिक व्यवस्थाले समाजको सरोकारलाई उठाउने हो । समाजको सरोकार अहिले पनि मूलतः जनपहुँचमा आधारित शिक्षा, स्वास्थ्य र रोजगारसँग अन्तरसम्बन्धित छ । जनसरोकारका विषयवस्तुका रूपमा उठाएका यी विषयवस्तुमाथि राज्यको तहगत उपस्थितिमार्फत नीतिगत सम्बोधन गर्नु हो । समाजको सरोकारलाई सम्बोधन र व्यवस्थापन गर्न राज्यको नीतिगत निकाय जनसरोकारमुखी र जनमैत्री हुनुपर्छ । यो स्थिति अहिले छैन । समाजमा स्थापित थीति र बेथीति उस्तैउस्तै भएको छ । एमाले नेतृत्वको सरकारलाई अदालतको बलमा लतार्दै बनेको गठबन्धन सरकारले पालिका तहको सरकारको खाता आउने ठूलो बजेट अंक काटेको छ । यो बजेट कटौतिका कारण निर्धारित कार्यक्रम सम्बोधन र व्यवस्थापन हुन सकेको छैन । यसबारे यथोचित् मात्रामा बोल्न र सार्वजनिकीकरण गर्न आवश्यक छ ।

बर्खायामको मध्यान्तको समय छ । सिचाइँ सुविधाको प्रबन्ध त हुन सकेको छैन, छैन । अधिकांश किसानले बीउ पाएको थिएन, अहिले मल पाएको छैन । कतिपय भूक्षेत्रमा रोपाइँ हुन सकेको छैन । यसबारे आफ्ना कुरा खुलेर राख्न र बोल्न ढिला भइसकेको छ । कतिपय ठाउँमा वर्षा, बाढी र पहिरोका कारण जनधनको क्षति भएको छ, कतिपय ठाउँमा त गम्भीर आघात पुगेको छ । यस्तो मानवीय पक्षमाथि धावाका साथ समुदायमाझ पेश हुन र तिनको सेवावृद्धि र सुविधा प्राप्तिका लागि दाबाका साथ बोल्नुपर्छ।

सामाजिक घटना परिघटनाका दृश्यचित्रहरू फरकफरक रंगमा आएका छन्, फरकफरक ढंगले विकास भएका छन् । बद्लिएको सन्दर्भमा प्रविधि र विकसित सूचना प्रणालीमा पहुँच बढाउन सबैले सकिएको छैन । प्रविधिमाथि पहुँच भएकाले यसलाई पूर्णतः दुरुपयोग गरेका छन् । कानुनी राज्यको ध्यान दृष्टि पुग्न नसकेको साइबर अपराधको रूपमा समाजमा कतिपय विषयवस्तुहरू छताछुल्ल पोखिएका छन् । विकसित सूचना प्रणाली नै दुषित बनेको अवस्था देखिइरहेको छ ।

पुरानाले केही गरेनन्, गर्न पनि सक्दैनन्, अयोग्यले केही गरेनन् र गर्न पनि सक्दैनन् भन्ने जस्ता भ्रामक, अपमानजनक र हेलाँजन्य व्यवहारले समाजमा नकारात्मकभाव पैदा गर्न खोजिँदै छ । नकारात्मक तरंगको चाप दिनप्रतिदिन बढ्दो छ, चुलिँदो छ । खासगरि एमाले बलियो भए आफूहरू सकिने मानसिकताबाट तिलमिलाएका र अतालिएका पात्र, प्रवृत्ति, व्यक्ति र शक्तिहरू नग्नस्वरुपमा उत्रिएका छन्, दाह्रानङ्ग्रा लिएर उभिएका छन् । जनसरोकारका मुद्दाका कारण सतिसाल झैँ ठिंग उभिएको एमाले शक्तिले यसको डटेर प्रतिवाद गर्न सक्नुपर्छ ।

उपलब्ध समग्र समुदायलाई आफ्नै समुदायगत अवस्था अध्ययन सहित समुदायबाट विकसित र परिस्कृत सामुदायिक मुद्दाप्रति सचेत बनाउने, जागरुक तुल्याउने र चलायमान बनाउने काम गर्नुपर्छ । समुदायको सर्वोपरि भलाइका लागि नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्र र जनताको पक्षमा गरेको राम्रा काम र हाम्रा अतुल्य कामकारबाहीलाई तलसम्म सम्प्रेषण गर्नुपर्ने छ । आमसञ्चारको रूपमा विकसित सामाजिक सञ्जालमार्फत संगठित योजनाका साथ फैलाइएको भ्रम र अफवाहलाई चिन योजनाबद्ध अग्रसरता लिनुपर्छ ।

सूचना सरोकारका मुद्दाका क्षेत्रमा–

आज हामीले प्राप्त गरेको राजनीतिक व्यवस्थाअन्तर्गत यसको चुरो पक्ष भने लोकतान्त्रिक विधि र पद्दतिको आत्मसम्मान हो । लोकतान्त्रिक रूपान्तरण र व्यवस्थापनले सूचनाको हकलाई अनिवार्य मात्र गरेन, दर्जायानी रूपमा राज्यको चौथो अंगको रूपमा उभ्याउने कामको टुंगो लगायो । सूचनाका कैयौं माध्यमहरू असरल्ल विकास भएका छन् । बिग हाउस मिडियादेखि लिएर विद्युतीय सञ्चारमाध्यममा हुने उपलब्ध हुने सबैखाले सूचना सूचित हुने कुराको आधार हो । बिग हाउस मिडियालाई चुनौति थुपार्दै सूचना प्रवाहको प्रभावका हिसावले असंगठित बजारमा छताछुल्ल आमसञ्चारको रूपमा फेसबुकलगायतका विद्युतीय सञ्चारमाध्यमहरू मानिसका हातहातमा आइरहेका छन् ।

आममानिसको सघन प्रयोगात्मक पहुँच, प्रभाव र नियन्त्रण अभावमा आमसञ्चार सूचनामुखी, जनसरोकारमैत्री र सेवामुखीभन्दा पनि नाफाखोरी र कारोबारमुखी बन्दै आएको छ । पछिल्लो बेलामा कर्पोरेट डिजाइनमा आमसञ्चार दलाल, नोकरशाही, पूंजीवादको हतियार बन्दै आएको छ । समाजमा स्थापित थीति र बेथीति उस्तैउस्तै भएको देखिन्छ । चुनावताका प्रतिस्पर्धामा उछिनपाछिन गर्न हतारिएको आमसञ्चार अघि–पछि सुस्त देखिन्छ । सूचना र प्रविधिमा एकखालको क्रान्ति नै ल्याए पनि पूर्णतः विश्वासअभावका बावजुद आमसञ्चार कुनै घटना, विषयवस्तु या पात्रबारे जनमानसलाई सूचना प्रवाह पहिलो माध्यम बनेको छ । हामीमै पनि अधिकांशले यसलाई आफूअनुकूलका तस्बिरहरू सार्वजनिकीकरण गर्ने, सूचनामूलक सन्देशहरू राख्ने र सूचनासञ्चारको भूमडण्लीय फैलाव सँगसँगै परस्पर अन्तरघुलन बढाउने काम गरेका छौँ । मिडिया, राजनीति र लोकतन्त्रमा आफूलाई उभ्याउने गरेका छौँ, व्यक्तिको स्वतन्त्रतादेखि र लोकतान्त्रिक व्यवस्थामा सबलीकरणमा यसको प्रयोग गर्ने गरेका छौँ।

आममानिसको सुझबुझ, सुझबुझ विकास र बुझाइमै प्रभाव पार्ने आमसञ्चारका पानामा हामी कस्ता विषयवस्तुहरू सम्प्रेषण गरिरहेका छौँ रु सञ्जालको प्रयोगको सन्दर्भमा हाम्रोमा कस्ता विषयवस्तुले महत्त्व पाएको छ रु कसका कुरा, कस्ता कुरा, कसरी सम्प्रेषण भइरहेका छन् रु आदि विषयमा हाम्रो पर्याप्त ध्यान पुगेको देखिँदैन । ध्यान नपुग्दा सावधानी अपाउनुपर्ने, सजग हुनुपर्ने र सचेत रहनुपर्ने विषयमा समेत बेलाबेलामा नमिठो धोका खाइरहेका हुन्छौँ ।

विभिन्न कारणले कतिपय आमसञ्चारको पाठकलाई यसप्रति उति धेरै चासो नहोला १ तर हाम्रो योग्यताको मापन भने निश्चिय नै हुन्छ । हामीले पस्किएका विषयवस्तुले पाठकलाई खुराक दिन्छ कि दिँदैन रु यसले हाम्रो प्रस्तुतिको औचित्यलाई पुष्टि गर्छ । यसर्थ, राजनीतिक सत्ताको कुरा होस् वा राजकीयसत्ता १ कार्ययोजना, कार्यक्रम, नीति तर्जुमा, आर्थिक स्रोत पहिचान, परिचालन आदिको पक्षमा आमसञ्चारलाई प्रयोगमा ल्याउनुपर्छ । पढ्ने, सुन्ने र हेर्ने तीनवटै क्षेत्र उपलब्ध आमसञ्चारलाई पार्टीको अन्तरजीवन व्यवस्थापनमा अनिवार्य सहयोगी बनाउनुपर्छ । वामपन्थी, देशभक्ति र कम्युनिष्ट क्रान्तिकारी शक्ति एमालेविरुद्ध उभिएको बिग हाउस मिडियाको एकाधिकार बर्बर छ । यसमा पनि सत्ता पक्षीय राजनीतिक हस्तक्षेपका कारण आफ्नो मर्मस्पर्शयुक्त सन्तुलन गुमाउँदै गएका मिडियाले राम्रा र हाम्रा दुबै विषयवस्तुलाई बाहिर ल्याउँदैनन् । हाम्रो आफ्नो प्रयत्नस्वरुप आमसञ्चार मिडियाको प्रयोगलाई व्यापक गर्नुपर्छ ।

सेवाभाव होइन, व्यावसायिक मानसिकतामा बाँधिएको अधिकांश बौद्धिक जमात आमसञ्चारको प्रयोगलाई फजुल भनेर टकटकिए पनि यसबाट सम्प्रेषण हुन सक्ने विषयवस्तुलाई हाम्रो हित अनुकूल प्रयोगमा लिइरहनुपर्छ । यो नै सबैको हित अनुकूल र भलाइयोग्य हुनसक्छ ।