अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली आज साँझ ११ बजे कम्बोडिया प्रस्थान गर्नुहुने

अध्यक्ष ओली आज साँझ ११ बजे कम्बोडिया प्रस्थान गर्नुहुने

अध्यक्ष ओलीको अनुपस्थितीमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ ११ बजे कम्बोडिया प्रस्थान गर्दै हुनुहुन्छ ।
अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार आगामी साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ जान लाग्नु भएको हो । आगामी साउन ८ गते उहाँ स्वदेश फर्कने कार्यक्रम छ । अध्यक्ष ओलीको साथमा पत्नी राधिका शाक्य,पार्टीको उपमहासचिव विष्णु रिमाल,स्वकीय सचिव राजेश बज्राचार्य,सुरक्षाकर्मी लगायत ७ जनाको टोली कम्बोडिया जाने कार्यक्रम छ ।

अध्यक्ष ओलीको अनुपस्थितीमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।