अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसका प्रस्तावित २२ विभाग (सूचिसहित)

कांग्रेसका प्रस्तावित २२ विभाग (सूचिसहित)


काठमाडौँ-नेपाली कांग्रेसले २२ वटा केन्द्रीय विभाग थप्ने भएको छ। कांग्रेस महामन्त्री गगन थापाले सोमबारदेखि सानेपामा सुरु केन्द्रीय कार्यसमितिको बैठकमा २२ विभाग थप गर्ने प्रस्ताव पेस गरेका हुन्।

कांग्रेसको विधानअनुसार यसअघि ४८ विभाग राखिएको थियो। त्यसमा २२ थप गरी ७० विभाग पुर्‍याउन लागिएको छ।

प्रस्तावित थप विभागहरूमा न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक-सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग विकास विभाग रहेका छन् ।

यस्तै, विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर-किशोरी विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणीय सन्तुलन सरोकार विभाग र पूर्वआप्रवासी समन्वय विभाग थप गर्न लागिएको छ ।