अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाजुरामा कुर्सीमा बसेको अवस्थामा मृत भेटिए कर्मचारी

बाजुरामा कुर्सीमा बसेको अवस्थामा मृत भेटिए कर्मचारी


बाजुरा-बाजुराको  बुढीनन्दा नगरपालिकाका एक कर्मचारी मृत अवस्थामा फेला परेका छन्। 

नगरपालिकाका कृषि शाखा प्रमुख ४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटर अगाडी कुर्चीमा बसेको अवस्थामा  मृत फेला परेकाे नगरपालिकाले जनाएको छ।

उनी क्वाटर अगाडी कुर्चीमा बसी रहेको अवस्थामा मृत भेटिएका इलाका प्रहरी चौकी कोल्टिले जनाएको छ। बुढिनन्दा नगरपालिका वडा नम्बर ७ पाण्डुसैन घर भएका दानी कृषि प्राविधिक तर्फ स्थायी कर्मचारी हुन्। 

नगरपालिकाका एक कर्मचारीका अनुसार हिजो अफिसमा आफूलाई बिसन्चो भएको दानिले बताउनु भएको थियो । लामो समय देखी रक्तचापको बिरामीबाट ग्रसित दानी बेला बेला अस्वस्थ भइराख्ने गरेका आफन्तले जनाएका छन् ।