काठमाडौँ-नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद दर १४७ रुपैयाँ ३४ पैसा र बिक्री दर १४८ रुपैयाँ ०१ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ६९ पैसा र बिक्री दर १७२ रुपैयाँ ४८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।





प्रतिक्रिया