अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान, ८ गते स्वदेश फर्किने

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान, ८ गते स्वदेश फर्किने


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हिजो साँझ ११ बजे कम्बोडिया प्रस्थान गर्नुभएको छ ।  

अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ जान लाग्नु भएको हो । 

साउन ८ गते उहाँ स्वदेश फर्किने कार्यक्रम छ । अध्यक्ष ओलीको साथमा पत्नी राधिका शाक्य, पार्टी उपमहासचिव विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी लगायत ७ जनाको टोली कम्बोडिया गएको छ ।