अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेसमा एमालेले आर्थिक सामाजिक रुपान्तरणका लागि अभियान चलाउने

मधेसमा एमालेले आर्थिक सामाजिक रुपान्तरणका लागि अभियान चलाउने



जनकपुर -नेकपा एमाले मधेस प्रदेशले यहाँको अर्थिक र सामाजिक रुपान्तरणका लागि तत्कालिन र दिर्घकालिन नीति बनाएर अभियान चलाउने भएको छ ।
एमाले मधेस प्रदेशको हिजो जनकपुरमा बसेको बैठकले विभिन्न नौ वटा निर्णय गरेकोमा मधेसको आर्थिक सामाजिक मुद्धालाई प्राथमिकताका साथ निर्णय गरेको हो । बैठकले पूर्वमन्त्री एवं पोलिटव्यूरो सदस्य जुली महतोका संयोजकत्वमा मधेसमा रहेका समृद्धिका सम्भावना,आर्थिक गतिविधी,सामाजिक जागरण आदिका बारेमा विज्ञ सहितको समुहले मधेसका सबै जिल्लामा अन्तरक्रिया र अध्ययन गरेर तयार गरेको अवधारणा पत्र पार्टीमा बुझाउने छ ।
मधेसमा व्याप्त रहेको सामाजिक विक्रिती दाइजो,महिला हिंसा,भ्रष्टाचार आदिलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भनेर विज्ञ सहितको टिमले काम गर्ने मधेस प्रदेशका इन्चार्ज योगेश भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार विज्ञ सहितको टिमले मधेसका सामाजिक आर्थिक सम्भावना र सामाजिक कुरिती अन्त्य गर्ने तत्कालिन र दिर्घकालिन दुईवटा कार्ययोजना पार्टीको मधेस प्रदेशलाई बुझाउने छ । त्यस कार्ययोजनालाई प्रदेश कमिटीले अनुमोदन गरेपछि पार्टीका हरेक कमिटीहरुले पार्टी,संसदीय तथा सामाजिक क्षेत्रबाट समेत कार्यन्वयनको अगुवाई गर्नेछ ।


अरु के के भए निर्णय
बैठकले विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताको व्यवस्थपनका गर्न पोलिटव्यूरो सदस्य सुमन प्याकुरेलको संयोजकत्वमा रेवती पन्त र सम्बन्धित जिल्लाका इन्चार्ज र अध्यक्ष रहेको एउटा कार्यदल गठन गरेको छ । यसैगरी पार्टीको प्रदेश कमिटी भवन (मिथिला भवन) निर्माणका लागि पोलिटव्यूरो सदस्य लिलानाथ श्रेष्ठको संयोजकत्वमा जुली महतो,उमाशंकर अरगरिया,रामअवतार यादव,सरोज यादव,दिपेन्द्र ठाकुर,मनोज खड्का,राजकिशोर यादव र अशोक केसी रहेको एक समिती गठन गरेको छ ।
बैठकले असोज ५ र ६ गते मधेस प्रदेशको पार्टी अधिवेशन सफल पार्न विभिन्न उपसमितीहरु गठन गरेको छ । अधिवेशन उद्ध्घाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथी बनाउने निर्णय बैठकले गरेको छ । पार्टी सदस्यता नविकरण,अभिलेखिकरण र प्रमाणिकरणको जिम्मेवारी प्रदेश अध्यक्ष राम अवतार यादवको संयोजकत्वमा सम्बन्धित जिल्लाका संगठन विभाग प्रमुखलाई तोकेको छ ।


मधेस प्रदेशमा अधिवेशन गर्न बाँकी रहेका जनसंगठनहरुका प्रदेश अधिवेशन भदौ २० गते र जिल्ला अधिवेशन मंसिरभरीमा गर्न निर्देशन दिएको छ । यसैगरी चैतको मसान्तसम्म प्रदेश देखि टोल कमिटीसम्मका अधिवेशन गरिसक्ने निर्णय बैठकले गरेको पोलिटव्यूरो सदस्य अच्यूत मैनालीले जानकारी दिनुभयो । मैनालीका अनुसार प्रदेश,जिल्ला,पालिका र वडा तहसम्मका प्रशिक्षणहरु आवासीय रुपमा गर्ने निर्णय पनि प्रदेश कमिटीले गरेको छ ।
मधेस प्रदेशको इन्चार्जको रुपमा पार्टी सचिव भट्टराई मधेस झरेपछि त्यहाँ पार्टीका गतिविधीहरु उत्साहजनक रुपमा अघि बढेको एमाले नेताहरु बताउछन् ।