अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मक्का मदिनाबाट स्वदेश फर्किए हजयात्री

मक्का मदिनाबाट स्वदेश फर्किए हजयात्री

नेपालको हज टिमले बेवास्ता गरेको गुनासो


काठमाडौँ-नेपालबाट हजका लागि साउदी अरबको मक्का मदिना सरिफमा सहभागी भएका हजयात्री स्वदेश फर्किएका छन् । 

बुधबार बिहान उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । यस वर्ष नेपालबाट हजका लागि १ हजार २ सय जना मक्का मदिना गएका थिए । 

मक्का मदिनामा हजयात्रा पूरा गरी उनीहरु सबै स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएका हजयात्रीहरुले हज यात्रामा राम्रो व्यवहार नभएको गुनासो गरे । उनीहरुले नेपालबाट गएका हज कमिटीका सदस्यहरुले हज यात्रीका लागि कुनै राम्रो व्यवहार नगरेको र फोहोर खानेकुरा, बस्ने ठाउँ पैसा तिरेअनुसार राम्रो नदिएको गुनासो गरे । 

हजयात्री राजअहम्मद अन्सारीले पैसा तिरेबापत सुविधा नपाएको र फोहोर होटलमा फोहोर खानेकुरा खुवाएको बताउनु भयो । उहाँले  हजयात्रीहरु हराउँदासमेत नेपालबाट गएका हज प्रतिनिधिहरु खोज्नसमेत नगएको बताउनु भयो । उहाँले हज कमिटी गठन गर्दा स्वच्छ छविका व्यक्ति राख्न र पार्टीका कार्यकर्ता नराख्न आग्रह गर्नुभयो । 

उहाँले हज यात्रामा नेपालको प्रतिनिधि भई गएका हज कमिटीका प्रतिनिधिहरुले नेपालको बदनाम गरेकाले सबै दोषीहरुलाई कारबाही गर्न माग गर्नुभयो ।