काठमाडौं-काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन खाली गराउन डोजर चलाइरहेको छ।
सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन बुधबार डोजर चलाएको हो । यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार नगरप्रहरीले डोजर चलाएको हो ।
भद्रकुमारी घले सेवा सदनमा बसेका असहाय अशक्त वृद्धवृद्धाहरुलाई मानव सेवा आश्रममा पठाइने नगरप्रहरी प्रमुख राजु पाण्डेले बताउनु भयो ।
सदनमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ। उक्त भवनमा आश्रम सञ्चालन गरिराखेको थियो । त्यहाँ असहाय अशक्त वृद्धवृद्धाहरुलाई आश्रय दिइरहेको थियो । यो आश्रम २०६२ सालमा सञ्चालन गरेको थियो ।
भद्रकुमारी घलेले संग्रहालयमा भएको आफनो सामान सुरक्षित साथ घरमा पुयाईदिन आग्रह गरेको नगरप्रहरी प्रमुख राजु पाण्डेले बताउनु भयो ।
प्रतिक्रिया