मकवानपुर-मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-३ का वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले आफ्नै वडा कार्यालयभित्र स्थानीय १७ वर्षीय प्रशान्त कार्कीलाई निर्घात कुटपिट तथा अभद्र व्यवहार गरेका छन्।
वडाध्यक्षले आफ्नै कार्यालयमा न्याय माग्न आइपुगेका प्रशान्त कार्कीलाई निर्घात कुटपिट गर्नु भएको हो।
घरायसी विवाद मिलाउन वडा कार्यालय पुगेका प्रशान्तलाई वडाअध्यक्षले चार थप्पड लगाएका प्रत्यक्षदर्शीले बताए।
विवादका क्रममा कान्छी आमाले आफ्नी आमालाई कुटपीट गरेको र छेक्न खोज्दा वडाअध्यक्षले आफूमाथि कुटपिट गरेको प्रशान्तले आरोप लगाउनु भएको छ। वडा अध्यक्षले घाँटीमा चार थप्पड हिर्काएको उहाँले बताउनु भयो ।
‘मैले वडाअध्यक्षलाई केही गरेको थिइनँ’ प्रशान्तले भन्नुभयो, ‘कान्छीआमाले मेरो आमालाई पिट्न खोज्नुभयो। अनि मैले छेक्न खोज्दा उहाँले मलाई चार झापड हान्नुभयो।’
आफ्नी आमा सानो कान्छी कार्कीलाई सानीआमा सम्झना कार्कीले वडा कार्यालयमा निर्घात कुटपिट गर्दा आफूले छेक्न गएको र छेकेको भन्दै वडा अध्यक्षले आफूमाथि कुटपिट गरेको उहाँको भनाई छ।
कार्की परिवारको घरायसी झगडा हुँदा वडा कार्यालयमा विवाद मिलाउनुको सट्टा वडा अध्यक्षले उल्टै हातपात गरेको उहाँले गुनासो गर्नुभयो ।
कार्कीलाई कुटपिट गरिसकेपछि पनि वडाध्यक्षले अभिभावक हुँ जे गर्न पनि पाउँछु भन्दै धम्की दिएको एक प्रत्यक्षदर्शीले बताए।
प्रतिक्रिया