अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन तस्करीमा सत्तारुढ दलका नेताको नाम मुछिनु गम्भीर : महासचिव पोखरेल 

सुन तस्करीमा सत्तारुढ दलका नेताको नाम मुछिनु गम्भीर : महासचिव पोखरेल 


काठमाडौँ–नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन तस्करीमा सत्तारुढ दलका नेताको नाम मुछिनु गम्भीर कुरा भएको बताउनुभएको छ । 

आज सामाजिक सञ्जालमा लेख्नुहुँदै उहाँले नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महारालाई लक्षित गर्दै सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरूको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर देखिएका बताउनु भएको हो ।  

नेपालमा सुन तस्करमा माओवादी नेता महराको नाम जोडिँदै आएको छ । यसैबीच राजस्व अनुसन्धान विभागले हिजो  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक सय कोली सुन बरामद गरेको छ । 

सुन बरामद भएपछि महासचिव पोखरेलले लेख्नुभएको छ,   ‘दिनहुँ सुन तस्करीका समाचारहरू आइरहेका छन् । सुन तस्करीमा सडक मात्र होइन हवाई मार्गको समेत प्रयोग भइरहेको छ । केही दिनअघि इलेक्ट्रिक सिग्रेटमा लुकाई ल्याएको सुनलाई मिलेमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो । हिजो त एअरपोर्टको सुरक्षा प्रणालीलाई पार गरेर बाहिरिएको एकक्विन्टल सुन समातिएको छ । एअरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय हो । त्यसमाथि सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरूको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ ।’

महासचिव पोखरेलले राष्ट्रलाई लज्जित बनाउने यस्ता घटना प्रतिनिधिसभाको ध्यान गम्भीर रूपमा जानु आवश्यक रहेको बताउनुभयो ।