काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज तोलामा ५०० रुपैयाँ बढेसँगै सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर १ लाख १३ जार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन तोलामा १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज ५ रुपैयाँले वृद्धि भएसँगै १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ ।





प्रतिक्रिया