अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावमा काँग्रेस हराउने केशव कुमार बुढाथोकीलाई कारबाही गर्न कोशीका मुख्यमन्त्री थापाको माग

चुनावमा काँग्रेस हराउने केशव कुमार बुढाथोकीलाई कारबाही गर्न कोशीका मुख्यमन्त्री थापाको माग


काठमाडौं-कोशी प्रदेशका मूख्यमन्त्री एवं काँग्रेस कोशी प्रदेश अध्यक्ष उद्वा थापाले केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीलाई कारवाही गर्न माग गर्नुभएको छ ।

गत निर्वाचनमा कांग्रेसका उम्मेदवार हराउन बुढाथोकीले भूमिका खेलेको थापाको आरोप छ । । ‘झापा २ मा कांग्रेसको गठबन्धनको उम्मेदवार हराउने उहाँ हो । देउमान थेबेलाई भोट नदेउ, हराउ भनेर मेसेज गर्नुभएको छ,’ थापाले भन्नुभयो, ‘चुनावको बेला अस्ट्रेलिया जानुभयो । सकिएपछि फर्किनुभयो । पार्टीलाई संकट पर्दा भागेर जाने ? यस्ता नेतालाई कारबाही हुनुपर्दछ । भागेर अस्ट्रेलिया गएको रेकर्डेड छ ।’

झापा ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका थेबे झापा जिल्ला सभापति समेत हुन् । थापा र थेबे दुबै नेता कृष्णप्रसाद सिटौला निकट छन् ।
बुधबार केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा जिल्ला सभापति थेबेले आफूखुसी र विधान विपरीत पार्टी सञ्चालन हुने गरेको आरोप लगाउनुभएको थियो ।

कांग्रेसको नेतृत्वमा बनेको सरकार मान्ने कि नमान्ने प्रश्न बुढाथोकीले उठाएको भन्दै थापाले भने, ‘कार्यकर्ताको मनोबल घटाएको छ । शक्तिलाई खुम्च्याउने काम पार्टीभित्रैबाट भएको छ । कार्यकर्तालाई हप्काउने नेतृत्वले कांग्रेसलाई कहाँ पुर्‍याउँछ ?’