काठमाडौं – व्यवसायी दीपक मलहोत्राले मिडियालाई आफूले विज्ञापन नदिएका कारण सुन तस्करीमा आफ्नो नाम जोडेको बताउनुभएको छ । त्रिभुवन विमानस्थलबाट भित्रिएको एक क्वीन्टल सुनमा आफ्नो संलग्नता नरहेको उहाँको भनाइ छ ।
आज पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफूलाई जोडेर प्रकाशित समाचारप्रति खेद प्रकट गर्नुभयो ।
उहाँले सुन ल्याउने गिरोहलाई उम्काउनका लागि आफ्नो नाम जोडिएको शंका गर्नुभएको छ । सुन ल्याउने लैजाने व्यक्तिसाग आफ्नो कुनै निचजान नभएको उहाँको भनाइ छ ।
‘मेरो सबै व्यवसायिक कारोबारहरू कानूनी निकायमा दर्ता छन् र वैध छन् । म र मेरो परिवारले प्रत्यक्ष वा परोक्षरूपमा गैरकानूनी कारोबा गरेको छैन । सुन आयात गर्न म सम्बद्ध कुनै माध्यमबाट भुक्तानी भएको छैन ’ मलहोत्राले पत्रकार सम्मेलनमा भन्नुभयो ।
समाचारमा नाम उल्लेख गरिएका व्यक्तिसँग व्यक्तिगत आफ्नो चिनजानसमेत नरहेको भन्दै आफैं कल्पना गरेर नाम मुछिएको उहाँको भनाइ छ । आफ्नो तस्बिरसमेत प्रकाशित गरेर सार्वजनिक जीवनमा प्रहार गरिएको मलहोत्राले बताउनुभयो ।
‘
प्रतिक्रिया