अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन तस्करीमा संलग्न ६ जना आरोपीको १० दिन म्याद थप

सुन तस्करीमा संलग्न ६ जना आरोपीको १० दिन म्याद थप


काठमाडौं-सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई अनुमति दिएको छ।

आज बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन थुनामा राख्न अनुमति दिएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिनु भयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म एक जना चिनियाँसहित ६ जना पक्राउ परेका छन् ।