अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा २४ करोड ६५ लाख रुपैंया हिनामिना गरेर भागेका सुन व्यवसायी सोम विक पक्राउ

झापामा २४ करोड ६५ लाख रुपैंया हिनामिना गरेर भागेका सुन व्यवसायी सोम विक पक्राउ


झापा- २४ करोड ६५ लाख रुपैंया हिनामिना गरेर भागेका गौरादहका सुनचाँदी व्यवसायी सोम विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
मलाई नखोज्नु भन्ने नोट लेखेर करिब महिना दिनदेखि बेपत्ता भएका विश्वकर्मालाई आज प्रहरीले काकरभिट्टाबाट पक्राउ गरेको हो । भारतमा रहेको उनलाई सुराकीको आधारमा नेपाल प्रवेश गर्ने वित्तिकै प्रहरीको टोलीले नेपाल प्रवेश गरे लगत्तै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गत असार १५ गते चिठी लेखेर वडा नं १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको म्यासेन्जरमा पठाएर सम्पर्क विहीन भएका विश्वकर्मालाई पक्राउ गरी चन्द्रगडी हिरासतमा राखिएको छ । गौरादहबासीको करोडौं रकम ठगी गरेर भागेका विश्वकर्मा सिक्किम, दार्जिलिङसहित भारतको विभिन्न ठाउँ घुमेर फर्किएको बुझिएको छ । भारतीय नम्बर झापा प्रहरीले भेटेपछि विश्वकर्मा भाग्न नपाएको झापा प्रहरीले जनाएको छ ।

गौरादहका ४६६ जनाको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर उनी फरार भएका थिए । प्रहरीका अनुसार उजुरीका आधारमा अब कानुनी प्रक्रिया अघि बढ्नेछ ।