अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा नेपालले आज विरोध प्रदर्शन गर्ने

राप्रपा नेपालले आज विरोध प्रदर्शन गर्ने


काठमाडौँ-राप्रपा नेपालले आज काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ । संयुक्त संयोजित संगठनहरुद्धारा आयोजित विरोध प्रदर्शन दिउँसो २ बजे हुनेछ ।  

भद्रकालिमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने राप्रपा नेपालले जनाएको छ ।  

भ्रष्टाचार विरोधी तथा सुशाषनको पक्षमा, सीमा अतिक्रमण बन्द गर्नुपर्ने, विदेशी हस्तक्षेप बन्द गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नु पर्ने तथा धमान्तरणको रक्षा गर्नुपर्ने मागसहित राप्रपा नेपाल सडक संघर्षमा उत्रिएको हो ।