अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तुलसीपुर बसपार्कमा वृद्धामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

तुलसीपुर बसपार्कमा वृद्धामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ


दाङ–दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा एक वृद्धामाथि सामूहिक बलात्कार भएको छ । 

गए राति पार्किङ गरिएको बसभित्रै प्युठानकी  ७३ वर्षीय वृद्धालाई गाडीका स्टाफले सामूहिक बलात्कार गरेका हुन् । 

उनी उपचारका लागि दाङ आएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।  

बलात्कारमा संलग्न तुलसीपुर–१५ का पुष्कर रोका र सल्यानको कुमाख–७ का रेशम विकलाई इप्रका र बसपार्क चौकीका प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको प्रहरीले बताएको छ ।