अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले पुष्पलालको ४५औँ स्मृति दिवस रामेछापमा मनाउने 

एमालेले पुष्पलालको ४५औँ स्मृति दिवस रामेछापमा मनाउने 


काठमाडौँ-नेकपा एमाले केन्द्रीय कमिटीले यस वर्ष ४५ औँ पुष्पलालको स्मृति दिवस रामेछापमा मनाउने भएको छ । 

एमाले केन्द्रीय कमिटी र जिल्ला कमिटीको आयोजनामा पुष्पलालको जन्मस्थल रामेछापमा स्मृति दिवस कार्यक्रम हुन लागेको हो । 

कार्यक्रम पार्टी महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हुन लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।  अधिकारीका अनुसार एमालेले पुष्पलालको जन्मथलो भँगेरी र काठमाडौँको भृकुटी मण्डपमा स्मृति दिवस मनाउन लागेको हो । 

भँगेरीमा पुष्पलाल स्मृति पार्क निर्माणको काम पनि भइरहेको छ । पार्कमा सभाहल लगायतका केही संरचना तयार  भएपनि पुष्पलाललगात कम्युनिष्ट पार्टीका संस्थापकहरूको प्रतिमा राख्ने, पार्क निर्माण गर्ने  काम बाँकी छन् । 

स्मृति दिवसको वृहत् कार्यक्रम भने दिउँसो सदरमुकाम मन्थलीस्थित तीन लाल पार्कमा हुने भएको छ । तीनलाल पार्कमा नेपाली साहित्यका प्रथम सहिद सुब्बा। कृष्णलाल अधिकारी, सहिद गंगालाल र कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको प्रतिमामा माल्यार्पण गरेपछि औपचारिक कार्यक्रम सुरु हुने एमालेले जनाएको छ ।