अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एस तनहुँ अध्यक्ष कार्कीसहित २५ जना एमालेमा प्रवेश

नेकपा एस तनहुँ अध्यक्ष कार्कीसहित २५ जना एमालेमा प्रवेश


दमौली-नेकपा एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीसहितका केही जिल्ला सदस्य नेकपा एमालेमा फर्किनु भएको छ।

नेकपा एमाले जिल्ला कमिटी तनहुँले शुक्रबार आयोजना गरेको पार्टी समाहित कार्यक्रममा अध्यक्ष कार्कीसहितका २५ जना नेता कार्यकर्ता एमालेमै फर्किनु भएको हो । उहाँहरुलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्टले पार्टीमा स्वागत गर्नुभयो ।

त्यसक्रममा समाजवादी मोर्चाको सिद्धान्त स्पष्ट नभएको र जनताको बहुदलीय जनवाद, मदन भण्डारीको विचारबिना अगाडि बढ्न नसक्ने कार्कीले बताउनु भयो ।

जिल्ला अध्यक्ष कार्कीसहितका नेता गत वैशाखमा भएको उपनिर्वाचनमा एमालेमा फर्किन संवादमा थिए । तर, अन्तिम समयमा एमाले फर्कने कार्यक्रम रोकिएको थियो।