अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्रीको राजीनामा माग्दै युवा संघको मसाल जुलुस

गृहमन्त्रीको राजीनामा माग्दै युवा संघको मसाल जुलुस


काठमाडौं-उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको राजीनामा माग्दै युवा संघले काठमाडौंमा मसाल जुलुस प्रदर्शन गरेको छ।

तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने नैतिकता नरहेको भन्दै  युवा संघले प्रदर्शन गरेको हाे।

गृह मन्त्रालय अन्तर्गतको प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अवस्थामा सय किलाे सुन भन्सार पास गरेर बाहिरिनु गम्भीर भएकाे युवा संघले जनाएकाे छ । तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास भएर बाहिरिएकाे घटनापछि गृहमन्त्रीलाई पदमा बसिरहने नैतिक अधिकार नरहेकाे युवा संघले जनाएकाे छ ।

मसाल जुलुश प्रदर्शनमा सहभागीहरुले सुन तस्कीरमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् ।

प्रदर्शनमा सहभागी युवा संघका नेता-कार्यकर्ताले सुन तस्करीमा संलग्नलाई पक्राउ गर, तत्कर सरकार राजीनामा दे, तस्करी काण्डकाे निष्पक्ष छानबिन गर लगायत नारा समेत लगाएका छन् ।