अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता

विमानस्थलमा राज्यमन्त्रीस्तरीय स्वागत


काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्।

 कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ प्रस्थान गर्नु भएको थियाे।

राजधानी नोम्पेनमा आज (शनिबार) बिहान प्रधानमन्त्री हुन सेनसँग ओलीको भेट भएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ। 

अध्यक्ष ओलीलाई विमानस्थलमा कम्बोडियाका परराष्ट्र मन्त्रालयका राज्यमन्त्रीस्तरीय अधिकारीद्वारा स्वागत गरिएको थियो।

उहाँसँगै विभिन्न देशका २२ जना वरिष्ठ राजनीतिज्ञहरू अहिले निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन्। विमानस्थलमै पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुस राजा गिलानीसँग ओलीको भेट भएको थियो।

त्यस्तै, उहाँले नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग पनि शिष्टाचार भेटघाट गरेको सचिवालयले जनाएको छ। उहाँ पनि कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया जानु भएको थियाे ।

अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, स्वकीय फोटोग्राफर अधिकृत दिनेश भण्डारीलगायत जानु भएकाे छ।

आफू कम्बोडिया प्रस्थान गर्नुअघि अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टीको कार्यवाहकको जिम्मेवारी दिनु भएको थियो ।

उहाँ साउन ८ गते स्वदेश फर्किने बताइएको छ ।