अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु

ललितपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु


ललितपुर-ललितपुरको हात्तीवनमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। 

शनिबार बिहान ५ बजे ललितपुर महानगरपालिका-१५ हात्तीवन पुल नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीले जानकारी दिनु भयो।

गोदावरीबाट लगनखेल जाँदै गरेको बा ३ ख ४१०८ नम्‍बरको बसले विपरीत दिशाबाट हरिसिद्धी जाँदै गरेको बा ५६ प ३४५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

मृतक काभ्रे बेथानचोक गाउँपालिका घर भई ललितपुरको ठैब बस्ने २९ वर्षीय जिवन तामाङ र मकवानपुर हेटौंडाका अन्दाजी ३२ वर्षीय मानबहादुर वाइबा छन्। दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरूको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिइसकेको छ।