अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले नेकपा संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस रामेछापमा मनाउँदै 

एमालेले नेकपा संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस रामेछापमा मनाउँदै 


रामेछाप-नेपाल कम्युनिस्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस आज नेपालका कम्युनिस्ट पार्टीहरूले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।

यस अवसरमा आज नेकपा एमालेले पुष्पलाल स्मृति दिवस उहाँको जन्मस्थल रामेछापको भंगेरीमा वृहत कार्यक्रम गर्दैछ । 

यसका लागि एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरु शनिवारनै भंगेरी पुग्नुभएको छ ।  

महासचिव पोखरेलसहित नेताहरु लालबाबु पण्डित, सुजिता शाक्य, शान्ता चौधरी, लिला भण्डारी, गीता कार्की, कैलाश ढुंगेल लगायतका नेताहरु कार्यक्रम स्थलमा पुग्नुभएको छ ।