जनकपुरधाम । नेपाल-भारत सीमा क्षेत्रमा गोली चलेको छ । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको हाे ।
मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीय महिलालाई गएराति ८ः२० बजे गोली प्रहार गरी भारततर्फ भागेको प्रहरीले जनाएको छ ।
ती महिला नेपाली हुन् कि भारतीय भन्ने नखुलेको धनुषा प्रहरीले जनाएको छ ।
भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले शव पोस्टमार्टमका लागि लगेको धनुषा प्रहरीले जनाएको छ । नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।





प्रतिक्रिया