अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशमा धेरै दल आवश्यक छैन, बलियो राजनीतिक शक्ति बनायौँ : महासचिव पोखरेल 

देशमा धेरै दल आवश्यक छैन, बलियो राजनीतिक शक्ति बनायौँ : महासचिव पोखरेल 


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरलेले देशमा धेरै दल आवश्यक नरहेको बताउनुभएको छ । पार्टीले रामेछापमा आयोजना गरेको नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसमा बोल्दै उहाँले बलियो राजनीतिक शक्ति बनाउन आवश्यक रहेको बताउनुभयो । 

महासचिव पोखरेलले भन्नुभयो, ‘देशमा धेरै दल आवश्यक छैन । जति धेरै राजनीति दल त्यति नै अस्थिरता, जति धेरै राजनीतिक दल त्यति विदेशी चलखेल । त्यसैले बलियो राजनीतिक शक्ति बनाऊ, धेरै दल बनाउन तिर नलागौँ ।’

 महासचिव पोखरेलले अहिले भएका दललाई बलिया बनाउनुपर्ने बताउनुभयो । उहाँले एमालेले मात्रै देशको संकट पार लगाउने बताउनुभयो । 

महासचिव पोखरेलले बीपीले कांग्रेस एक्लै निरंकुशताविरुद्ध लड्न चाहेको भएपनि पुष्पलालले संयुक्त आन्दोलन गरौँ भनेको बताउनुभयो । उहाँले पुष्पलालकै नीतिमा कांग्रेस पुगेको र संयुक्त जनआन्दोलनको माध्यमबाट पञ्चायतको अन्त्य भएको बताउनुभयो ।