काठमाडौँ-नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रुपैयाँ ८२ पैसा र बिक्री दर १३१ रुपैयाँ ४२ पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ५४ पैसा र बिक्री दर १४६ रुपैयाँ २० पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ८० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।





प्रतिक्रिया