काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेर १ लाख १२ जार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार ४६५ रुपैयाँ तोकिएको हो ।





प्रतिक्रिया