काठमाडौं-ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ।
उनलाई सीआईबीले जोरपाटीस्थित घरबाटै पक्राउ गरेको हो। सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत छुटेपछि अहिले १९ जना हिरासतमा छन्।
सचिव राउतलाई छाड्न शुक्रबार सर्वोच्चले आदेश दिएको थियो।
प्रतिक्रिया