अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले अपराधी जोगाउन ल्याएको विधेयक तत्काल खारेज हुनुपर्छ: शेखर कोइराला

सरकारले अपराधी जोगाउन ल्याएको विधेयक तत्काल खारेज हुनुपर्छ: शेखर कोइराला


काठमाडौं-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसले दण्डहीनतालाई प्रश्रय दिन नहुने भन्दै सरकारले ल्याएको केही नेपाल ऐन संशोधन गर्ने विधेयक​ तत्काल खारेज गर्न माग गर्नु भएकाे छ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्दै नेता कोइरालाले सरकारले भर्खरै ल्याएको केही ऐन संशोधन गर्न बनेको विधेयक तत्काल खारेज गर्न माग गर्नु भएको हो।

उहाँले नेपाली कांग्रेस लोकातान्त्रिक पार्टी भएकोले दण्डहीनतालाई प्रश्रय दिनेखालको क्रियाकलापमा कांग्रेस संलग्न हुन नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘नीतिगत रूपमा दण्डहीनतालाई प्रश्रय दिनेखालको काम गर्न लागेका छौँ। यो विधेयक संसदबाट पास भयो भने दण्डहीनताले संस्थागत रूप लिनेछ। त्यसैले यसलाई तत्काल खारेज गर्नुपर्छ। सरकारले राजनीतिक विषयसँग सम्बन्धित घटनाहरू जुनसुकै अदालतमा भए पनि फिर्ता लिन वाधा नहुने गरी विधेयक ल्याएको छ।’