अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिल्ला जिल्लाबाट माधव नेपाल छोड्ने बढे, रामेछापमा अध्यक्षसहित नेताहरू एमालेमा प्रवेश

जिल्ला जिल्लाबाट माधव नेपाल छोड्ने बढे, रामेछापमा अध्यक्षसहित नेताहरू एमालेमा प्रवेश


रामेछाप-नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेश बस्नेत नेकपा एमालेमा नै फर्कनु भएको छ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसको अवसरमा उहाँको जन्मस्थल रामेछापको सदरमुकाम मन्थलीमा आइतबार नेकपा एमाले जिल्ला कमिटी रामेछापको व्यवस्थापनमा नेकपा एमाले केन्द्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा बस्नेत एमालेमा फर्कनु भएको हो।

बस्नेतलाई एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरूले बस्नेतलाई एमालेमा स्वागत गर्नुभयो । बस्नेत मन्थली नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा जिल्ला विकास समिति रामेछापका पूर्व सभापति र उपसभापति समेत हुनुहुन्छ।

नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व एमालेले मात्र गर्न सक्ने भएको कारण आफू एमालेमा फर्किएको बस्नेतले बताउनुभयो । आफू एमाले प्रवेश गरेको नभई बाहिर जाँदा हण्डर खाएर आफ्नै पार्टीमा फर्किएको उहाँले सुनाउनुभयो।

एकीकृत समाजवादीले राम्रो गर्छ कि भन्ने लागेको भए पनि कांग्रेसको पिछलग्गु भएर केवल एमालेलाई समाप्त पार्नको लागि मात्र माधव नेपाल लागेकोले सो पार्टीले देश, जनताको हित र कम्युनिष्ट विचार बोक्न नसक्ने बस्नेतले बताउनुभयो । आफू एमालेमा कुनै भाग लिन नभई पार्टीको सेवा गर्न एमालेमा फर्किएको उहाँले प्रष्ट पार्नुभयो ।

सोही कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका उपाध्यक्ष केशव दाहाल, नेकपा एकीकृत समाजवादीका नेताहरु लगायत नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।